Trending
>>   सरकार जसको बनेपनि नेपालको वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छः महामन्त्री थापा >>   एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा >>   बढ्न थाल्यो देशभरको तापक्रम >>   आज मिति २०८१ साल माघ १० गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   कमजोर बन्दै रवि लामिछानेको मुद्दा: बलियो प्रमाण भएकाे भनिएको रुपन्देहीमा अदालतले थुन्नै मानेन ! >>   कानुन व्यवसायी र परिवारको जिम्मामा रवि , बिहीबार थुनछेक बहस हुने >>   क्यानडामा नेपाली चेलीमाथि दाजु र उनका दुई साथीद्वारा बेहोसीको औषधि मिसाएर ६ घण्टा बलात्कार ! >>   एक्कासी के भयाे प्रधानमन्त्री ओलीलाई? >>   प्रधानमन्त्री ओली अस्वस्थ,निर्धारित कार्यक्रम स्थगित ! >>   खाद्य विभागद्वारा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

दरबार हत्याकाण्डकाे २३ वर्ष: रहस्यमयको गर्भमै !


काठमाडाैं  । विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।

हरेक शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने गर्दथ्यो । त्यही भोजमा सरिक भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राज परिवारको हत्या गरेको बताइन्छ । गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २० वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?