Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

वडा नं. १८ को आयोजनामा ६.६ किलोमिटर दौड प्रतियोगिता सम्पन्न


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १८ आज ६ दशमलव ६ किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको छ । महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शााक्य र वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले दौड प्रतियोगिता प्रारम्भ गर्नुभएको थियो । वडाध्यक्ष महर्जनकाअनुसार गणतन्त्र दिवस तथा स्थानीय सरकारको दोस्रो कार्यकालको २ वर्ष पूरा भएको अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको हो ।

यस प्रकारका कार्यक्रमबाट सहरमा बढ्दै गएको निष्क्रिय जीवनशैलीलाई सक्रिय जीवनशैलीमा रुपान्तरण गर्न प्रोत्साहन हुने वडाध्यक्ष महर्जनको भनाइ छ । प्रतियोगिताबाट सन्दीप रजक प्रथम, सुनिस श्रेष्ठ द्वितीय, सजननरसिंह सुवाल तृतीय र क्रिष्टलनरसिंह सुवालले सान्त्वाना पुरस्कार प्राप्त गर्नुभयो । विजेता प्रथम र द्वितीयलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै तृतीय र सान्त्वानालाई ५/५ हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।

पुष्पलाल पार्कबाट सुरु भएको दौड लुती (इन्द्रायणी मन्दिर), सोह्रखुट्टे, बालाजु पुल, चःमती नयाँ पुल, शोभा भगवती, डल्लु पुल, नयाँ पुल, रामघाट हुँदै पुष्पलाल पार्कमा आएर समापन भएको थियो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?