Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

वडा नं. १८ को आयोजनामा ६.६ किलोमिटर दौड प्रतियोगिता सम्पन्न


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १८ आज ६ दशमलव ६ किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको छ । महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शााक्य र वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले दौड प्रतियोगिता प्रारम्भ गर्नुभएको थियो । वडाध्यक्ष महर्जनकाअनुसार गणतन्त्र दिवस तथा स्थानीय सरकारको दोस्रो कार्यकालको २ वर्ष पूरा भएको अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको हो ।

यस प्रकारका कार्यक्रमबाट सहरमा बढ्दै गएको निष्क्रिय जीवनशैलीलाई सक्रिय जीवनशैलीमा रुपान्तरण गर्न प्रोत्साहन हुने वडाध्यक्ष महर्जनको भनाइ छ । प्रतियोगिताबाट सन्दीप रजक प्रथम, सुनिस श्रेष्ठ द्वितीय, सजननरसिंह सुवाल तृतीय र क्रिष्टलनरसिंह सुवालले सान्त्वाना पुरस्कार प्राप्त गर्नुभयो । विजेता प्रथम र द्वितीयलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै तृतीय र सान्त्वानालाई ५/५ हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।

पुष्पलाल पार्कबाट सुरु भएको दौड लुती (इन्द्रायणी मन्दिर), सोह्रखुट्टे, बालाजु पुल, चःमती नयाँ पुल, शोभा भगवती, डल्लु पुल, नयाँ पुल, रामघाट हुँदै पुष्पलाल पार्कमा आएर समापन भएको थियो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?