Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकप, २०७९ को तयारी पूरा


७ चैत्र ,कलैया । नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औँ जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।

सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन् । प्रतियोगितामा विधागत पुरस्कार रु २० हजार, म्यान अफ द म्याच रु १० हजार र स्थानीय उदीयमान खेलाडी पुरस्कार रु १५ हजार प्रदान गरिने भएको छ ।

फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिने छन् ।

प्रतियोगिता सञ्चालन गर्न रु एक करोड छ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?