Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

गृहमन्त्रीको राजीनामा माग्दै राजधानीमा राँके जुलुस (फाेटाे फिचर)


काठमाडाैं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।शुक्रबार साँझ काठमाडौँको इन्द्रचोकबाट अघि बढेको जुलुसका सहभागीले सहकारी ठगी प्रकरणमा लामिछानेले सत्ताशक्तिको अहँकार देखाएको भन्दै राजीनामा माग गरेका हुन् ।

संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो। जुलुस र कोणसभालाई कांग्रेसको भ्रातृसंगठन तरुण दल काठमाडौँ ८काा नेताका सुरेश श्रेष्ठ जिल्ला सचिव दिनेश विक्रम शाह, केन्द्रीय रत्न महर्जन , विवेक श्रेष्ठ, चक्र कठायत , नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य उज्ज्वल बजचार्य लगायतले नेतृत्व गरेका थिए ।

कोणसभामा बोल्दै दिनेश विक्रम शाहले सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडियाका अध्यक्ष जीबी राईको खोजी गर्न ढिलाइ गर्नुको कारण कतैशालिग्राम पुडासैनी, लामिछानेका ड्राइभरकप जस्तै हविगत जीबी राईको भइसकेको र जिबिराई काठको बाकसमा त आउने होइनन् । अनि गृहमन्त्री लामिछाने थाहा छैन भनेर पन्छिने त होइन भनेर आरोप लगाए ।

नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति रहिसकेका केन्द्रीय सदस्य उज्वल बज्राचार्यले सरकारको यही रवैया हो भने क्याबिनेटमा मात्रै हल्ला हुने होइन। प्रधानमन्त्रीकै कुर्सी फेर्न सरकार परिवर्तनको आन्दोलन काठमाडौँबाट गर्ने उद्घोष गरेका छन्।

 


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?