Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गृहमन्त्रीको राजीनामा माग्दै राजधानीमा राँके जुलुस (फाेटाे फिचर)


काठमाडाैं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।शुक्रबार साँझ काठमाडौँको इन्द्रचोकबाट अघि बढेको जुलुसका सहभागीले सहकारी ठगी प्रकरणमा लामिछानेले सत्ताशक्तिको अहँकार देखाएको भन्दै राजीनामा माग गरेका हुन् ।

संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो। जुलुस र कोणसभालाई कांग्रेसको भ्रातृसंगठन तरुण दल काठमाडौँ ८काा नेताका सुरेश श्रेष्ठ जिल्ला सचिव दिनेश विक्रम शाह, केन्द्रीय रत्न महर्जन , विवेक श्रेष्ठ, चक्र कठायत , नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य उज्ज्वल बजचार्य लगायतले नेतृत्व गरेका थिए ।

कोणसभामा बोल्दै दिनेश विक्रम शाहले सहकारीको रकम अपचलन गर्ने गोर्खा मिडियाका अध्यक्ष जीबी राईको खोजी गर्न ढिलाइ गर्नुको कारण कतैशालिग्राम पुडासैनी, लामिछानेका ड्राइभरकप जस्तै हविगत जीबी राईको भइसकेको र जिबिराई काठको बाकसमा त आउने होइनन् । अनि गृहमन्त्री लामिछाने थाहा छैन भनेर पन्छिने त होइन भनेर आरोप लगाए ।

नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति रहिसकेका केन्द्रीय सदस्य उज्वल बज्राचार्यले सरकारको यही रवैया हो भने क्याबिनेटमा मात्रै हल्ला हुने होइन। प्रधानमन्त्रीकै कुर्सी फेर्न सरकार परिवर्तनको आन्दोलन काठमाडौँबाट गर्ने उद्घोष गरेका छन्।

 


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?