Trending
>>   गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज >>   सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक >>   अब गाईमुत्र सेवन गर्ने कि भैंसीमुत्र ? >>   रुपन्देहीमा रविको थुनछेक आदेश दिने इजलासमा चिठ्ठाबाट चुनिएका न्यायाधीश योगी को हुन् ? >>   मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) >>   रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रविको बयान जारी >>   उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाएः सांसद सापकोटा >>   चोरीमा संलग्न चार जना पक्राउ >>   घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित >>   चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनले राष्ट्रिय एकतालाई बढावा दिन्छः राष्ट्रपति 


काठमाडाैं । राष्ट्रपति  रामचन्द्र पौडेलज्यूले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष उनले बुद्धका दर्शन, शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्नुपर्नेमा बताएका हुन ।

२५६८औं बुद्ध जयन्तीको शुभकामना सन्देश

बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महानिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा लिंदै बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रमहरू गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति व्यक्त गरिन्छ ।

शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।

अन्त्यमा, २५६८औं बुद्ध जयन्तीको यस शुभ अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति , समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल ।

२०८१ जेठ १० गते बिहीबार ।


प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?