काठमाडौं । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा काठमाडौं महानगरपालिकाले आज बिहान डोजर चलाएको छ ।
काठमाडौं महानगरपालिकाले आज बिहान चार वटा डोजर प्रयोग गरि अतिक्रमित संरचना हटाएको हो । काठमाडौंका मेयर बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।
प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार