Trending
>>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु >>   कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला >>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ >>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा


काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोलीसँगको छलफलका क्रममा डंगोलले यस्तो बताउनुभएको हो ।

‘मेलमिलापकर्ताको शुल्क विवादका पक्षले दिँदा मनोवैज्ञानिक असर देखियो । यसपछि हामीले एउटा मेलमिलाप सत्रको १ हजार ५ सय रुपैयाँ शुल्क महानगरपालिकाले नै तिरिदिएर पक्षहरुले प्राप्त गर्ने सेवा निःशुल्क बनाएका छौँ । यो पनि एउटा अनुकरणीय काम हो ।’ डंगोलले भन्नुभयो, ‘धेरै मानिसहरु भएका कारण अन्य पालिकाका तुलनामा काठमाडौँमा स्वभावैले विवादका संख्या धेरै छन् । हामीले मेलमिलापका माध्यमबाट विवाद समाधान गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’

भेटका क्रममा खाँदवारी नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक महेश्वरा श्रेष्ठ बज्राचार्यले भन्नुभयो, ‘हामी निर्वाचित भएर आउँदा २९ वटा विवाद दायित्वमा थिए । हामी आएपछि २७ वटा थपिए । अहिले २७ वटा छिनिएका छन् । २९ वटा छिन्न बाँकी छन् ।’ उहाँले विवादलाई वडाबाट समाधान गर्ने प्रयास गरिएको बताउनुभयो ।

भूगोल, सामाजिक संरचना, शिक्षाको स्तरका कारण पालिकाहरुपिच्छे फरक फरक विवाद हुन सक्छन् । महानगरपालिकाको न्यायिक समितिका सदस्य कुश ढकालले भन्नुभयो, ‘काठमाडौँमा सबै जिल्लाबाट मानिस आउने भएकोले यहाँ सबै खालका विवाद आउने गरेका छन् ।’

छलफलमा खाँदवारी नगरपालिकाका न्यायिक समिति सदस्य उदिम राई, उजुरी प्रशासक टंक डाँगीले खाँदवारी नगरमा दर्ता भएका उजुरी र यसलाई सुल्झाउन गरिएका अभ्यासमा कुरा गर्दै, लेनदेनका विवाद बढ्न थालेको, ज्याला मजदुरी जस्ता विषयमा उजुरीकर्ताले जसका विरुद्ध निवेदन दिनुभएको छ, उहाँ आउँछु भन्दै नआउने गरेकोले विवाद छिन्न कठिन भएको अनुभव सुनाउनुभएको थियो ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?