Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

‘विश्वविद्यालय सुधार गर्न छाता ऐन ल्याउनुपर्ने’


काठमाडौँ। विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताए ।

बहसमा सहभागी हुनुभएका सांसद विद्या भट्टराईले राजनीतिक कारणले विश्वविद्याल नबिग्रेको उल्लेख गर्दै छाता ऐन ल्याउन सके विश्वविद्यालय सुध्रने बताएका छन् । “विश्वविद्यालय नसुध्रिनुको कारण राजनीतिक हो भन्ने कुरा गलत भाष्य निर्माण गरिएको छ”, उनले भने, “विश्वविद्यालय सुर्धान सोच बदल्नुपर्दछ । समग्र छाता ऐन ल्याएर विश्वविद्यालय सुधार गर्न सकिन्छ ।”

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विश्वविद्यालयमा शैक्षिक क्यालेण्डर लागू गर्न सके सुधार गर्न सकिने धारणा राख्नुभयो । उनले सरकारले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। शिक्षाविद् डा अनिमा सिंहले विश्वविद्यालयलाई जीवनोपयोगी शिक्षाको थलो बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?