Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पूर्वप्रधानसेनापति सिंहको निधन


काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो । उहाँको तीन छोरा र एक छोरी हुनुहुन्छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?