Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सुनको भाउमा नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झर्‍यो । त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?