Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

माैलिक शैलीमा यस्ताे बन्याे १६ वडाकाे भवन (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को प्रशासनिक भवनको उद्घाटन र पदवहालमा छँदै निधन हुनु भएका वडाका अध्यक्ष स्व. मुकुन्द रिजालको पूर्ण कदको शालिक एकैपटक अनावरण भएको छ । आज नवनिर्मित भवनको प्राङ्गणमा आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कार्यवाहक वडाध्यक्ष पुष्प महर्जन र स्व. रिजालकी पत्नी कविता आचार्यले संयुक्त रुपमा भवनको उद्घाटन र शालिक अनावरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, स्व. रिजालसँग जोडिएका स्मृति उल्लेख गर्दै, वडा भवन निर्माण गर्ने लक्ष्यमा दृढ भएकै कारण कार्यालय निर्माण हुन सकेको बताउनुभयो । उहाँको सपना साकार पार्न भौतिक संरचनाबाट प्रवाह हुने सेवालाई सरल, सहज बनाउनु पर्ने धारणा राख्दै डंगोलले, स्व. रिजालका सपना वडा कार्यालयका हरेक पर्खाल, भित्ता र अन्य संरचनामा जोडिएको बताउनुभयो ।

त्यस क्रममा बोल्दै महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले, कामको उत्कृष्ट नतिजाका लागि राग, द्वेषको सट्टा आपसमा मिलेर काम गर्नु पर्ने बताउनुभयो । स्व. रिजालसँग जोडिएका स्मृतिको कुरा गर्दै उहाँले, स्व. रिजालका सपनासँग जोडिएका राम्रा कामलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । वडाका कार्यवाहक अध्यक्ष महर्जनले, स्व. रिजालसँग काम गर्दा उहाँका सोच आफूलाई जानकारी भएको बताउँदै ती सोच कार्यान्वयनमा कमी हुन नदिने बताउनुभयो ।


प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?