Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

माैलिक शैलीमा यस्ताे बन्याे १६ वडाकाे भवन (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को प्रशासनिक भवनको उद्घाटन र पदवहालमा छँदै निधन हुनु भएका वडाका अध्यक्ष स्व. मुकुन्द रिजालको पूर्ण कदको शालिक एकैपटक अनावरण भएको छ । आज नवनिर्मित भवनको प्राङ्गणमा आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कार्यवाहक वडाध्यक्ष पुष्प महर्जन र स्व. रिजालकी पत्नी कविता आचार्यले संयुक्त रुपमा भवनको उद्घाटन र शालिक अनावरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, स्व. रिजालसँग जोडिएका स्मृति उल्लेख गर्दै, वडा भवन निर्माण गर्ने लक्ष्यमा दृढ भएकै कारण कार्यालय निर्माण हुन सकेको बताउनुभयो । उहाँको सपना साकार पार्न भौतिक संरचनाबाट प्रवाह हुने सेवालाई सरल, सहज बनाउनु पर्ने धारणा राख्दै डंगोलले, स्व. रिजालका सपना वडा कार्यालयका हरेक पर्खाल, भित्ता र अन्य संरचनामा जोडिएको बताउनुभयो ।

त्यस क्रममा बोल्दै महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले, कामको उत्कृष्ट नतिजाका लागि राग, द्वेषको सट्टा आपसमा मिलेर काम गर्नु पर्ने बताउनुभयो । स्व. रिजालसँग जोडिएका स्मृतिको कुरा गर्दै उहाँले, स्व. रिजालका सपनासँग जोडिएका राम्रा कामलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । वडाका कार्यवाहक अध्यक्ष महर्जनले, स्व. रिजालसँग काम गर्दा उहाँका सोच आफूलाई जानकारी भएको बताउँदै ती सोच कार्यान्वयनमा कमी हुन नदिने बताउनुभयो ।


प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?