Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नोटमा चुच्चे नक्सा छाप्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकारकै विरोध


काठमाडौँ । सयको नाेटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति नेपालमै विरोध भएको छ।निर्णयलाई भारतले मान्यता नदिएको खण्डमा नेपाली अर्थतन्त्रमै असर पर्ने भन्दै अर्थतन्त्रका जानकार एवं कुटनीतिज्ञहरूले असहमति जनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहाकार एवं पूर्वगभर्नर चिरञ्जिवी नेपालले खुलेरै नोटमा चुच्चे नक्सा छाप्ने निर्णयको विरोध गरेका छन्।

उनले सरकारले गरेको निर्णयलाई ‘अविवेकी’ बताए।उनले भने, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ। भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो।’यसबाट नेपाली अर्थतन्त्रमा पर्ने असरलाई सरकारले अवमूल्यान गरेको नेपालकाे भनाइ छ।


प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?