Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

ब्राजिलमा भारी वर्षा र बाढी: बस्तीहरु डुबानमा, ५७ को मृत्यु!


काठमाडौं । ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् । हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ ।

बस्तीहरु डुबानमा परेका छन् । राज्य ४९७ सहरहरुमध्ये दुई तिहाई बढी प्रभावित भएका छन् । सीएनएनले २८१ नगर प्रभावित भएको जनाएको छ ।ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र बस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुका अनुसार यसबाट ६७ हजार जनसंख्या प्रभावित भएको छ । १० हजार जना विस्थापित भएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?