Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

ब्राजिलमा भारी वर्षा र बाढी: बस्तीहरु डुबानमा, ५७ को मृत्यु!


काठमाडौं । ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् । हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ ।

बस्तीहरु डुबानमा परेका छन् । राज्य ४९७ सहरहरुमध्ये दुई तिहाई बढी प्रभावित भएका छन् । सीएनएनले २८१ नगर प्रभावित भएको जनाएको छ ।ग्राण्डे डु सुलको राजधानी पोर्टो एलेग्रेस्थित गुइबा तलाउको सतह बढेपछि बाढीको रुप लिएर सडक र बस्ती डुबाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुका अनुसार यसबाट ६७ हजार जनसंख्या प्रभावित भएको छ । १० हजार जना विस्थापित भएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?