Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग


६ चैत्र ,काठमाडौँ ।सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरुपयोग गरी गलत प्रतिवेदन बनाइ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी अनुदानको पेश्की रकममा सम्झौता बमोजिम काम नगरी हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा आयोगले भ्रष्टाचार भएको फेला परेको जनाएको छ ।

आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका कालीकोटका तत्कालीन इञ्जिनीयर सुमित भट्ट, खानेपानी तथा ऊर्जा विकास कार्यालयका तत्कालीन सव इञ्जिनीयर गुरुराज सज्याल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरु विरुद्ध आयोगले रु ६६ लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ । यस्ते, मूल्याङ्कन समितिका पदाधिकारी हरिप्रसाद पण्डित श्रीधर अधिकारी, दीपकुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालले कुनै वस्तुनिष्ठ आधार तयार नभएको र निमित्त कार्यालय प्रमुख बस्नेतले पेस गरेको प्रतिवेदन सदर गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यस्तै, आयोगले सिमनाथ कृषि विकास सहकारी संस्था कालीकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाही र सहकारी संस्थाविरुद्ध पनि रु ६६ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्‌ ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?