Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेपाल भारतसँग पराजित


६ चैत्र ,काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर पराजित गरेको हो । भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पूजाले एक गोल गरिन् ।

नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन् । खेलको दसौँ मिनेटमा भारतकी शिल्जी शाजीले गोल गर्दै सुरुआती अग्रता दिलाइन् ।

त्यस्तै खेलको ४०औँ मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । खेलको पहिलो हाफको ४१औँ मिनेटमा पूजाले एक गोल थपिन् ।

त्यसपछि खेलको ५४औँ मिनेटमा नेपालकी खेलाडी वर्षा ओलीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् । त्यस्तै खेलको ८०औँ मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित दिलाइन् । जितसँगै भारतले पहिलो खेलमा ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार भूटानसँग खेल्नेछ ।


प्रकाशित मिति: ६ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?