Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता


काभ्रेपलाञ्चोक। धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति हक्की प्रतियोगिताको तयारी पुरा भएको हक्की सङघ काभ्रेपलाञ्चोकले जनाएको छ । पाँच दिन सञ्चालन हुने प्रतियोगितामा प्रदेशस्तरका पाँच समूहका ९० खेलाडी सहभागी हुनेछन् ।

प्रति समूह १६ खेलाडी र दुईजना अफिसियल सहभागी हुने हक्की सङ्घका जिल्ला अध्यक्ष स्वस्तिक ब्याञ्जूले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने जनाइएको छ । नेपाल आर्मीका तर्फबाट एक सय २० जना सहभागी हुनेछन् ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेलाइने छ । यस्तै समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माले प्रतियोगिताको विजेतालाई रु एक लाख, उपविजेतालाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने बताए।

हरेक खेलका ‘प्लेयर अफ द म्याच’ले पाँच हजार नगद पाउनेछन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही रु १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनार्थ राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संस्थाले सहयोग गरेको छ ।

यसैबीच अन्तर्राष्ट्रियस्तरको हक्की स्टेडियम निर्माण गर्न धुलिखेलमा जग्गा व्यवस्थान गरिने भएको छ । त्यसका लागि नगरपालिकाले वडा नं १२ स्थित खेल मैदान उपलब्ध गराउने नगरप्रमुख अशोक ब्याञ्जूले बताए । बागमती प्रदेशस्थित खेलकूद विकास परिषद्ले स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिरहेको छ ।

शर्माका अनुसार तीन वर्षमा तीन चरणमा स्टेडियम निर्माण हुनेछ । स्टेडियमको पहिलो चरणमा ग्राउन्ड, दोस्रोमा प्याराफिट र अन्तिममा ‘होस्टेल’ निर्माण हुनेछ । स्टेडियम करिब ८० करोडमा तयार हुने अनुमान गरिएको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?