Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

२०८१ बैशाख ११ गते मंगलवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल बैशाख ११ गते मंगलवार( Apr 23, 2024) चैत्र शुक्लपक्ष पूर्णिमा ०४:५१ बजेसम्म त्यसपछी प्रतिपदा

मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ ।

वृष – माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ ।

मिथुन – नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ ।

कर्कट – यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानी गर्दापनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ ।

सिंह – बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या – दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।

तुला – बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकारा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् ।

वृश्चिक – बैक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु – बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

मकर – दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।

कुम्भ – समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरि योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन – राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ ।

 


प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?