Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गर्नुभएको छ । कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उहाँले निरीक्षण गर्नुभएको हो । उहाँसँगै आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुग्नुभएको थियो ।

उहाँले विसं २०३५ मा एक महिना र २०३६ सालमा साढे आठ महिना सोही कारागारमा जेल जीवन बिताउनुभएको स्मरण गर्नुभयो । त्यो बेला जेल जीवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि हुनुभयो र मुख्यमन्त्री पनि बन्नुभयो, उहाँले भन्नुभयो, “यहाँ आउने योजना बनाइरहेको भए पनि समयको समायोजन हुन सकेको थिएन, ढिलै भए पनि अवलोकन गर्न भनेर आएको छु ।”

जेललाई सुधारगृहका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । “हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधारगृहका रुपमा बनाउनुपर्ने हो, तर पनि त्यो गर्न नसकेको अवस्था छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “तथापि उहाँहरुलाई प्रत्यक्ष भेटौँ भन्ने उद्देश्यका साथ हामी यहाँ आएका हौँ ।”

कारागार निरीक्षणपछि आफूले जेल जीवन बिताएको समयभन्दा अहिले धेरै सुधार भएको उहाँले सुनाउनुभयो ।“हाम्रो पालामा सुत्नै साह्रै गाह्रो हुन्थ्यो अरू समस्या त के के थिए के के”, उहाँले भन्नुभयो, “अहिले धेरै सुधार भएको छ, तर त्यो अझै पर्याप्त छैन, यसलाई सुधार गर्दै लैजानुपर्छ ।” त्यस अवसरमा प्रदेशका आन्तरिक मामिलामन्त्री विश्वकर्माले कारागार सुधारका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताउनुभयो ।प्रदेशका ११ वटै जिल्ला कारागारका लागि रु ६० लाख बजेट छुट्इयाएको उहाँले सुनाउनुभयो ।

कास्की कारागारमा अहिले आठ सय ११ कैदीबन्दी रहेको जेलर महेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । त्यसमा ३६ महिला र सात सय ७२ पुरुष छन् भने तीन आश्रित नाबालक छन् । विसं २०२२ मा स्थापना भएको उक्त कारागारमा २० महिला र चार सय पुरुष गरी चार सय २० कैदीबन्दी राख्न सक्ने क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?