Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गर्नुभएको छ । कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उहाँले निरीक्षण गर्नुभएको हो । उहाँसँगै आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्मा र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि त्यहाँ पुग्नुभएको थियो ।

उहाँले विसं २०३५ मा एक महिना र २०३६ सालमा साढे आठ महिना सोही कारागारमा जेल जीवन बिताउनुभएको स्मरण गर्नुभयो । त्यो बेला जेल जीवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि हुनुभयो र मुख्यमन्त्री पनि बन्नुभयो, उहाँले भन्नुभयो, “यहाँ आउने योजना बनाइरहेको भए पनि समयको समायोजन हुन सकेको थिएन, ढिलै भए पनि अवलोकन गर्न भनेर आएको छु ।”

जेललाई सुधारगृहका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । “हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधारगृहका रुपमा बनाउनुपर्ने हो, तर पनि त्यो गर्न नसकेको अवस्था छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “तथापि उहाँहरुलाई प्रत्यक्ष भेटौँ भन्ने उद्देश्यका साथ हामी यहाँ आएका हौँ ।”

कारागार निरीक्षणपछि आफूले जेल जीवन बिताएको समयभन्दा अहिले धेरै सुधार भएको उहाँले सुनाउनुभयो ।“हाम्रो पालामा सुत्नै साह्रै गाह्रो हुन्थ्यो अरू समस्या त के के थिए के के”, उहाँले भन्नुभयो, “अहिले धेरै सुधार भएको छ, तर त्यो अझै पर्याप्त छैन, यसलाई सुधार गर्दै लैजानुपर्छ ।” त्यस अवसरमा प्रदेशका आन्तरिक मामिलामन्त्री विश्वकर्माले कारागार सुधारका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताउनुभयो ।प्रदेशका ११ वटै जिल्ला कारागारका लागि रु ६० लाख बजेट छुट्इयाएको उहाँले सुनाउनुभयो ।

कास्की कारागारमा अहिले आठ सय ११ कैदीबन्दी रहेको जेलर महेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । त्यसमा ३६ महिला र सात सय ७२ पुरुष छन् भने तीन आश्रित नाबालक छन् । विसं २०२२ मा स्थापना भएको उक्त कारागारमा २० महिला र चार सय पुरुष गरी चार सय २० कैदीबन्दी राख्न सक्ने क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?