Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

महिनाको नाम र नक्षत्रको सम्बन्ध


महिनाको नाम र नक्षत्रको सम्बन्ध रहन्छ । यसरी पूर्णिमा र नक्षत्रको संयोगका आधारमा बाह्र महिनाको नाम निर्धारण गरिएको छ । त्यसैले महिनाका यी नामहरु कुनै संवत विशेषको एकलौटी होइन । यिनलाई जुनसुकै संवतमा प्रयोग गर्न सकिन्छ ।

१. विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई वैशाख भनिन्छ ।
१. ज्येष्ठा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई ज्येष्ठ भनिन्छ ।
३. पूर्वाषाढा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई आषाढ भनिन्छ ।
४. श्रवण नक्षत्रमा पूर्णिमा पर्ने महिनालाई श्रावण भनिन्छ ।
५. पूर्वाभाद्रपदा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई भाद्र भनिन्छ ।
६. अश्विनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई आश्विन भनिन्छ ।
७. कृत्तिका नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई कार्तिक भनिन्छ ।
८. मृगशिरा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई मार्ग भनिन्छ ।
९. पुष्य नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई पौष भनिन्छ ।
१०. मघा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई माघ भनिन्छ ।
११. पूर्वाफाल्गुनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई फाल्गुन भनिन्छ ।
१२. चित्रा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई चैत्र भनिन्छ ।


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?