Trending
>>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

महिनाको नाम र नक्षत्रको सम्बन्ध


महिनाको नाम र नक्षत्रको सम्बन्ध रहन्छ । यसरी पूर्णिमा र नक्षत्रको संयोगका आधारमा बाह्र महिनाको नाम निर्धारण गरिएको छ । त्यसैले महिनाका यी नामहरु कुनै संवत विशेषको एकलौटी होइन । यिनलाई जुनसुकै संवतमा प्रयोग गर्न सकिन्छ ।

१. विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई वैशाख भनिन्छ ।
१. ज्येष्ठा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई ज्येष्ठ भनिन्छ ।
३. पूर्वाषाढा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई आषाढ भनिन्छ ।
४. श्रवण नक्षत्रमा पूर्णिमा पर्ने महिनालाई श्रावण भनिन्छ ।
५. पूर्वाभाद्रपदा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई भाद्र भनिन्छ ।
६. अश्विनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई आश्विन भनिन्छ ।
७. कृत्तिका नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई कार्तिक भनिन्छ ।
८. मृगशिरा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई मार्ग भनिन्छ ।
९. पुष्य नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई पौष भनिन्छ ।
१०. मघा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई माघ भनिन्छ ।
११. पूर्वाफाल्गुनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई फाल्गुन भनिन्छ ।
१२. चित्रा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई चैत्र भनिन्छ ।


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?