Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

थाइराइड के हो र कसरी थाहा पाउने ? (लक्षणसहित)


एजेन्सी । यो घाँटीको अगाडीको भागमा रुद्रघण्टीको ठिक तल रहेको एउटा ग्रन्थी हो। यसले थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्दछ। थाइराइड हर्मोनले आवश्यकता भन्दा बढी र कम हर्मोन उत्पादन गर्दा हाम्रो शरीरलाई असर गर्छ यसलाई नै थाइराइड रोग भनिन्छ। थाइराइड रोग लाग्दा हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । यसलेनै शरीरको मोटोपन , दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने कार्य गर्दछ।

थाइराइड हर्माेन कम हुँदा वा बढी हुदा देखिने लक्षण  :

तौल अनावश्यक रूपमा भद्दा हुने वा दुब्लाउने, आवाजमा धोद्रोपन आउने, शरीरका गोडा सुनिने फुलिने, कपाल खस्ने, मानसिक रोगी जस्तो डिप्रेसन भएर जाने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने,कपाल झर्न सक्छ, जिउ चिसो भएर आउने, निन्द्रा बढी लागेजस्तो झुम्म हुने हुन्छ, पसिना बढी आउने, निन्द्रा नपर्ने , ज्वरो आए जस्तो हुने, पखाला बढी लाग्ने, शरीर गल्नु , पुरुषहरूमा वीर्य कम हुनुको साथै यौनइच्छामा कमी आउनु ,घाँटी दुख्नु, कसैलाई भोक धेरै लाग्छ भने कसैलाई खाना अरुची हुन्छ, आलस्य हुनु, थकाई लाग्नु ,महिलाहरूमा गर्भ नबस्नु ,गर्भ खेर जानु, महिनावारी गडबढ हुने जस्ता समस्या आउन सक्छ।

एजेन्सीको सहयोगमा


प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?