काठमाडौ। धनगढीबाट बझाङका लागि उड्न लागेको समिट एयरको जहाजको दुवै पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो ।
जहाजमा इन्धन चुहिएको कुरा यात्रुले एयर होस्टेसलाई बताएका थिए। लगत्तै उक्त जानकारी चालक दलका सदस्यलाई दिइएपछि ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार