Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

सुनसरीमा पाँच बुँदे सहमति, कर्फ्यू विस्तारै हट्ने


काठमाडौं । सुनसरीको हरिनगरमा भएको दुई हिन्दु र मुस्लिम समुदायबीचको विवाद साम्य पार्न पाँच शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको हो ।

बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने ,समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ । सहमति पछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए ।

‘अवश्यक भएमा छानविन आयोग गठन गर्ने निर्णय भएको छ’, फुयालले भने,‘कुन मोडालिटीमा बनाउने भन्ने ब्याख्या चाहिँ भएको छैन, आवश्यकता अनुसार बनाउने निर्णय भएको छ ।’


प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?