Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै


५ चैत्र ,अत्तरिया। धनगढीमा यही चैत दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिएका छन्‌।

समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कारद्वारा सम्मान गरिने छ । सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मूर्धन्य साहित्यकार राजेन्द्र विमल, गजल गायक तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुनेछन्‌ ।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमिति गठन भएका छन् ।

सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताए । सम्मेलनमा हरेक दिन सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय र क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी छ ।

सम्मेलन आयोजनाका लागि करिब रु ८० लाख खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा विसं २०७६ मा विश्व नेपाली साहित्य सम्मेलन र विसं २०७८ मा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?