Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

त्रिभुवन विश्वविद्यालयमा नेविसंघका श्याम राज ओझा विजयी


५ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा १४ वर्ष पछि भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले बाजी मारेको छ । ३४२६ विद्यार्थी मतदाता भएको उक्त क्याम्पसमा २०७५ मत खसेको थियो जसमा नेविसंघका उम्मेद्वार श्याम राज ओझाले ८९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । ओझाले २१३ मतान्तरले विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियु का प्रकाश विष्टले ६८१ मत प्राप्त गदै ओझाले ८९४ मत प्राप्त गरी विजयी भएका हुन । त्रिभुवन विश्वविद्यालयमा सम्पूर्ण विद्यार्थी सङ्गठनहरूले आफ्नो उम्मेद्वारी दिएका थिए भने केही स्वतन्त्र उम्मेद्वार पनि सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए ।

ओझा लामो समयदेखि पदमा नरहँदा पनि विद्यार्थीको हक, हित र त्रिविको शैक्षिक सुधारका पक्षमा क्रियाशील थिए । उनले विद्यार्थीका सानासाना मुद्दालाई पनि गम्भीर भएर समाधानका लागि निरन्तर पहल गरिरहेका थिए । त्रिविको शैक्षिक सुधारका पक्षमा महत्वपूर्ण एजेण्डाका साथ प्रस्तुत भएका ओझा, विद्यार्थीहरूका माझ निकै लोकप्रिय थिए ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?