Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

त्रिभुवन विश्वविद्यालयमा नेविसंघका श्याम राज ओझा विजयी


५ चैत्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा १४ वर्ष पछि भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले बाजी मारेको छ । ३४२६ विद्यार्थी मतदाता भएको उक्त क्याम्पसमा २०७५ मत खसेको थियो जसमा नेविसंघका उम्मेद्वार श्याम राज ओझाले ८९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । ओझाले २१३ मतान्तरले विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियु का प्रकाश विष्टले ६८१ मत प्राप्त गदै ओझाले ८९४ मत प्राप्त गरी विजयी भएका हुन । त्रिभुवन विश्वविद्यालयमा सम्पूर्ण विद्यार्थी सङ्गठनहरूले आफ्नो उम्मेद्वारी दिएका थिए भने केही स्वतन्त्र उम्मेद्वार पनि सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए ।

ओझा लामो समयदेखि पदमा नरहँदा पनि विद्यार्थीको हक, हित र त्रिविको शैक्षिक सुधारका पक्षमा क्रियाशील थिए । उनले विद्यार्थीका सानासाना मुद्दालाई पनि गम्भीर भएर समाधानका लागि निरन्तर पहल गरिरहेका थिए । त्रिविको शैक्षिक सुधारका पक्षमा महत्वपूर्ण एजेण्डाका साथ प्रस्तुत भएका ओझा, विद्यार्थीहरूका माझ निकै लोकप्रिय थिए ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?