Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

हतियार देखाएर जग्गा बेचेको रकम लुटपाट


सुनसरी। सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा हिजो दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ ।

मोटरसाइकलमा आएका अज्ञात समूहले रु पाँच लाख ३५ हजार लुटेका हुन् । हरिनगर गाउँपालिका–२ का सदाम अन्सारीले इनरुवाबाट जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला तीन जनाको अज्ञात समूहले बबियामा सवारी रोकी हतियार देखाएर लुटपाट गरेको पीडितका बुबा सलामुद्दिन अन्सारीले बताए।

हजुरआमा सैहरा खातुनको नाममा रहेको जग्गा गढी गाउँपालिका सतेरझोराका विनोदलाई बिक्री गरेर लिएको रु पाँच लाख ३५ हजार घर जाने क्रममा बाटैमा अज्ञात समूहले हतियार देखाएर लुटेको पीडित सदाम अन्सारीले बताए।

पैसा लुटेर अज्ञात समूह मोटरसाइकलमा चढेर इनरुवातर्फ भागेका थिए । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बबियामा लुटपाट भएको पुष्टि गरे । लुटपाटको घटनामा संलग्नको खोजी भइरहेको सुनसरीका प्रनाउ भण्डारीले बताए


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?