Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

हतियार देखाएर जग्गा बेचेको रकम लुटपाट


सुनसरी। सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा हिजो दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ ।

मोटरसाइकलमा आएका अज्ञात समूहले रु पाँच लाख ३५ हजार लुटेका हुन् । हरिनगर गाउँपालिका–२ का सदाम अन्सारीले इनरुवाबाट जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला तीन जनाको अज्ञात समूहले बबियामा सवारी रोकी हतियार देखाएर लुटपाट गरेको पीडितका बुबा सलामुद्दिन अन्सारीले बताए।

हजुरआमा सैहरा खातुनको नाममा रहेको जग्गा गढी गाउँपालिका सतेरझोराका विनोदलाई बिक्री गरेर लिएको रु पाँच लाख ३५ हजार घर जाने क्रममा बाटैमा अज्ञात समूहले हतियार देखाएर लुटेको पीडित सदाम अन्सारीले बताए।

पैसा लुटेर अज्ञात समूह मोटरसाइकलमा चढेर इनरुवातर्फ भागेका थिए । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बबियामा लुटपाट भएको पुष्टि गरे । लुटपाटको घटनामा संलग्नको खोजी भइरहेको सुनसरीका प्रनाउ भण्डारीले बताए


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?