Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार


काठमाडौं। उत्तर कोरियाले मङ्गलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घन्टा पछि आणविक क्षमताको बी–५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।

प्योङयाङको पछिल्लो प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ मध्य दूरीको हाइपरसोनिक मिसाइल (आईआरबीएम) को लागि ठोस–ईन्धन इन्जिन परीक्षणको निरीक्षण गरेको दुई हप्ता भित्रै भएकोे छ दक्षिण कोरियाली सेनाका अनुसार मङ्गलबार बिहान प्रक्षेपण गरिएको मिसाइल दक्षिण कोरिया र जापानको बीचको पानीमा खस्नु अघि लगभग छ सय किलोमिटर उडेको जनाएको छ ।

संयुक्त सेना प्रमुखहरूले सेनाले प्रक्षेपणको विश्लेषण गरिरहेको बताएका छन् । गत महिना इन्जिन परीक्षेणमा प्रयोग गरिएकोे ‘हाइपरसोनिक वारहेड’ समावेश गरेको हुनसक्ने एक रक्षा अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाले लामो समयदेखि उन्नत हाइपरसोनिक र ठोस ईन्धन प्रविधिमा सफलता हासिल गर्न खोजिरहेको छ । यी मिसाइलहरूलाई दक्षिण कोरियाली–अमेरिकी मिसाइल रक्षा प्रणालीलाई टक्कर दिई अमेरिकाको क्षेत्रीय सैन्य आधारलाई धम्की दिन सक्षम बनाउने प्रयास गरिएको छ ।
जनवरीमा, प्योङयाङले हाइपरसोनिक वारहेडको साथ ठोस–ईन्धन ‘आईआरबीएम’ प्रक्षेपण गरेको बताएको थियो । त्यसपछि गत महिना ‘नयाँ प्रकारको मध्यवर्ती दूरीको हाइपरसोनिक मिसाइल’ को सफल इन्जिन परीक्षण गरेको थियो ।

हाइपरसोनिक मिसाइलहरू छिटो र मध्य उडानमा सञ्चालन गर्न सकिन्छ । तिनीहरूलाई नियन्त्रण गर्न र रोक्न गाह्रो हुने भएकाले ठोस–ईन्धन मिसाइलहरू प्रक्षेपण गर्नु अघि ईन्धन आवश्यक पर्दैन । प्रयोग गर्न छरितो रहेका मानिने ती मिसाइलहरूलाई फेला पार्न र नष्ट गर्न गाह्रो हुन्छ ।
सियोलको रक्षा मन्त्रालयले मङ्गलबार वासिङ्टन र टोकियोसँग संयुक्त हवाई अभ्यास गरेको छ । जसमा कोरियाली प्रायद्वीप नजिकै आणविक क्षमता बी–५२ एच बमवर्षक र एफ– १५ के लडाकू जेटहरू सामेल छन् ।

यो अभ्यासको उद्देश्य ‘उत्तरको आणविक र क्षेप्यास्त्र खतराहरू विरुद्ध संयुक्त तयारी सुधार गर्नु रहेको’ स्रोतले जनाएको छ ।
कोरिया एसोसिएसन अफ डिफेन्स इन्डस्ट्री स्टडीजका हान क्वोन–हीले भने, “मङ्गलबारको प्रक्षेपण ‘प्योङयाङको मिसाइल विकासको नवीन हिस्सा र यसमा हाइपरसोनिक हतियारहरू समावेश भएको जस्तो देखिन्छ ।

हतियारको संवेदनशील प्रकृतिलाई ध्यानमा राख्दै किमले रूसी सहयोगमा नभई घरेलु रूपमा यस्तो प्रविधि विकास गरिरहेको उनले बताए ।
मस्को र प्योङयाङबिचको कथित हतियार हस्तान्तरणको अनुसन्धानको बिचमा संयुक्त राष्ट्रसङ्घमा रूसी भिटोले उत्तर कोरियाली प्रतिबन्ध उङ्घलनको संयुक्त राष्ट्रसङ्घीय विशेषज्ञको अनुगमन समाप्त गरेको केही दिनपछि यो प्रक्षेपण भएको हो । उत्तर कोरियाले यस घटनाक्रमबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

दक्षिण कोरियाको आम चुनावमा मतदान गर्नुभन्दा एक हप्ता अघि प्रक्षेपण भएको छ । जसमा प्योङयाङसँग कडा लाइन लिएका राष्ट्रपति युन सुक योलको पार्टीले संसद्मा आफ्नो पकडलाई पुनः बलियो बनाउन खोजिरहेको छ ।

“किम शासनले सैन्य क्षमतालाई अगाडि बढाउने र दक्षिण कोरियाली विधायिकी निर्वाचन अभियानको समयमा आफ्नो क्षमता देखाउने कुरालाई प्राथमिकता दिन्छ,” सियोलको इवा विश्वविद्यालयका प्राध्यापक लेइफ–एरिक इस्लीले बताए ।


प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?