Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

राहदानी विभागको टोलीले पोर्चुगलमै गएर सेवा दिने


५ चैत्र, काठमाडाैँ । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल जाने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल जान लागेको हो ।

लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रदान गर्ने राजदूत अधिकारीले बताए ।

विशेषतः पोर्चुगलको अध्यागमन र सीमा सेवा (सेफ) बाट अपोइन्टमेन्ट पाइसकेका तर राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएकाका लागि पहिलो प्राथमिकतामा सेवा प्रवाह गरिने उनले बताए । दूतावासका अनुसार राहदानीको म्याद सकिएका, राहदानी नष्ट भएका र राहदानी हराएकाहरुलाई सेवा प्रदान गरिने छ । एक महिने राहदानी सेवा शिविरका लागि लिस्बनको आन्जुसमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने तयारी भइरहेको अधिकारीले बताए ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?