Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आगलागीबाट क्षति भएको कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन


धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ।

गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो ।

ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए ।

सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेको थियो ।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?