Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

तिलोत्तमा गोल्डकपः उद्घाटन खेलमा सुदूरपश्चिम विजयी


४ चैत्र ,लुम्बिनी । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम थारूको दुई र स्वाम्या हार्दिकले एक गोल गरे ।

खेलको सुरुआतदेखि नै रुपन्देहीमाथि हाबी देखिएको सुदूरपश्चिमका लागि खेलको ३१औँ मिनेटमा थारुले फ्रि किकमार्फत गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरुआती मिनेटमै प्राप्त फ्रि किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका हार्दिकले गोल गर्दै खेल २–० अवस्थामा ल्याए ।

खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका थारूले दोस्रो हाफको २३औँ मिनेटमा थप एक गोल गर्दै टीमलाई ३–० को अग्रतामा पुर्याएका थिए । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीका लागि विदेशी खेलाडी फोडे फोफोनाले सान्त्वना गोल गरे ।

सुदूरपश्चिमका फागुराम थारू म्यान अफ दी म्याच घोषित भए । दुई विभागीयसहित आठ टीम सहभागी प्रतियोगिताको विजेताले रू ११ लाख ११ हजार एक सय ११ पुरस्कार पाउने सङ्घले जनाएको छ ।

गोल्डकपको उपविजेताले रू पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रू एक लाख वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही रू ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ दी म्याचलाई पनि रू ११ हजार एक सय ११ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?