Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

राजेन्द्र महतो नेतृत्वकाे बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको सम्वादात्मक कार्यक्रम


जनकपुर । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निमित्त आज जनकपुरधामको उद्योग वाणिज्य संघको सभाहलमा “बृहत् सम्वादात्मक कार्यक्रम” मधेश ब्युरोको आयोजनामा समपन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र महतोले अव मधेशीले मधेशवाद देखि स्वदेशवादसम्मको यात्रा तय गर्ने बताउनु भयो। जनकपुर सदियौंदेखि शक्तिको केन्द्र थियो र रहिरहने बताउनु भयो।

३ करोड नेपाली जनता र विभिन्न राष्ट्रियताका नेपाली जनताले गर्व र सम्मान गर्ने खालको बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने अभियानमा आफु लागिपरेको बताए। त्यसैगरी कार्यक्रममा दर्शनशास्त्री तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले उदारवाद र मार्क्सवादले हाम्रो सभ्यता र संस्कृति मात्रै नभै जिवन र जगत दुवै संकटमा रहेको बताए।एकैसौं सताब्दीको वैश्वीक राजनीति सभ्यताको र स्थानीय राजनीति जातिको हुने भएकोले यस वेभको राजनीतिक लाभ उठाउन हामी चुक्न नहुने बताए।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले हामी मधेशीहरु सधैं एक्लै लड्यौं र शासकवर्गले आदिवासी जनजातिसंग एक हुन नदिने खालको भास्य निर्माण गरेर डिभाइड एन्ड रुलको पोलिसि अपनाएर हामीलाई कमजोर बनायो त्यसकारण यस देशमा रहेका सवै उत्पीडित जातजाति र समुदायहरु एक भएर संघर्ष गर्नुको विकल्प नरहेको बताए । नेपाल एकल राष्ट्रिय राज्य नभै बहुलराष्ट्रिय राज्य भएकोले राष्ट्रिय मुक्ति क्रान्ति सवै नेपालीको निम्ति अपरिहार्य र अनिवार्य रहेको बताए।

कार्यक्रममा पुर्वमन्त्री तथा सम्विधानसभा सदस्य राम नरेश राय, राजिव झा, सि. एन थारु, सुमन सायमी, रविन्द्र श्रेष्ठ , कमला गुरुङ, आर के तामाङ, बुद्धिजिवि महारुद्र झा, डा. विनोद साह, पवन मण्डल, विभिन्न जिल्लाबाट आएका नेताहरु सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी , दिपेन्द्र चौधरी , कौशल सिंह, राम ज्ञान् मण्डल , दिपक यादव, रमन पाण्डे, विनोद साह, रामबाबु कलवार, नेजामुदिन समानिहरुले आफ्नो मन्तव्य राखेका थिए।कार्यक्रमको संचालन संजय चौधरीले गरेका थिए।


प्रकाशित मिति: २६ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?