Trending
>>   सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन >>   सांसद साहको टिप्पणीः देवता भेट्न बरु सहज हुन्छ होला, परराष्ट्रमन्त्री भेटिनुभएन >>   सर्वोच्चमा विचारधिन जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिमा छलफल, सांसदको आपत्ति >>   मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार >>   जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू >>   नायव महान्यायाधिवक्ता घिमिरेको स्वेच्छिक अवकाश स्वीकृत >>   सांसद मोदीको प्रश्नः मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रो पावर बनाउने जिम्मा कसरी दिइयो ? >>   पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली >>   पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१ >>   एमालेले विधान अधिवेशनको सुझाव संकलन थाल्यो, २५१ सदस्यीय केन्द्रिय कमिटी र पदाधिकारी १५ जनाको
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छः प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् ।
उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारे । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पारे ।
“साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गड्गडाउँदो नदीजस्तो बग्छ”, प्रधानमन्त्री दाहालले भने, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने शक्ति हो ।” सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै प्रधामन्त्री दाहालले भने, “माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन ।” आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए ।
उनले भने, “सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन ।” प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारे । सहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै उनले भन्नुभयो, “क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।”
आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे ।  क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “मानिस दुई खुट्टाले हिँड्नुपर्छ, कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ, माक्र्सवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिँड्नुपर्छ ।”
नेपालले वैज्ञानिक र सन्तुलित भू–राजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले दाहालले त्यसका लागि ध्यान दिनुपर्ने बताएका छन् । उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?