Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

उक्त आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ । तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ ।

त्यस्तै, सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदाता संस्थामार्फत खटिएका सामाजिक परिचालक संयोजक प्रकाश बुढथापाविरुद्ध समान बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । त्यस्तै, सोरु–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगीविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको उनले बताएका छन्।
.


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?