Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन


४ चैत्र, भक्तपुर । सरकारी अनुदानमा ल्याएको रासायनिक मल बिक्री गर्ने विभिन्न सहकारीको अनुगमनमा गएको सरकारी टोली रित्तो गोदाम हेरेर फर्किएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, जिप्रकाका प्रतिनिधि कुवेरप्रसाद दाहाल, उपभोक्ता महासंघ, भक्तपुर नगरपालिका, नेपाल प्रहरी, पत्रकारलगायत टोली जिल्लाका विभिन्न सहकारी संस्थाद्वारा रासायनिक मल बिक्री स्थलमा पुग्दा सबै केन्द्रका गोदाम रित्तो देखिएको थियो।

टोलीले जिल्ला सहकारी संघ लिमिटेडको सल्लाघारीस्थित कार्यालयमा रहेको मल बिक्री केन्द्र, शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड नासामनाले सञ्चालन गरेको मल बिक्री केन्द्र, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिद्धि कृषि सहकारी संस्था लिमिटेडलगायतले सञ्चालन गरेको रासायनिक मलको बिक्री केन्द्रको अनुगमन गरे पनि मलका गोदाम भने रित्तै रहेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रजिअ शर्माले जानकारी दिए।

गोदाम रित्तै भए पनि टोलीले अनुगमनका क्रममा कृषकलाई सहज र उपयुक्त मूल्यमा मल बिक्री वितरण गरेको हो वा होइन भन्नेबारेमा भने सोधपुछ तथा खरिद एवं बिक्री मूल्यका बिलको अनुगमन गरेको उनले बताए।

अनुगमनका क्रममा मलको खरिद र बिक्री मूल्य, ढक तराजुको अवस्थाका बारेमा जानकारी लिएको बताउँदै उनले मल बिक्री केन्द्रले सुधार्नुपर्ने विभिन्न विषयमा छलफल गरी निर्देशन दिएको जानकारी दिए।

अनुगमनमा पुग्दा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले रासायनिक मलको निकै अभाव हुँदा किसान मारमा परेको र बिक्री गर्ने सहकारी संस्थाले चुनौती खेप्दै आएको उल्लेख गर्दै किसानले सहज मल पाउने अवस्था बन्नुपर्ने बताए।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?