Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन


४ चैत्र, भक्तपुर । सरकारी अनुदानमा ल्याएको रासायनिक मल बिक्री गर्ने विभिन्न सहकारीको अनुगमनमा गएको सरकारी टोली रित्तो गोदाम हेरेर फर्किएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, जिप्रकाका प्रतिनिधि कुवेरप्रसाद दाहाल, उपभोक्ता महासंघ, भक्तपुर नगरपालिका, नेपाल प्रहरी, पत्रकारलगायत टोली जिल्लाका विभिन्न सहकारी संस्थाद्वारा रासायनिक मल बिक्री स्थलमा पुग्दा सबै केन्द्रका गोदाम रित्तो देखिएको थियो।

टोलीले जिल्ला सहकारी संघ लिमिटेडको सल्लाघारीस्थित कार्यालयमा रहेको मल बिक्री केन्द्र, शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड नासामनाले सञ्चालन गरेको मल बिक्री केन्द्र, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिद्धि कृषि सहकारी संस्था लिमिटेडलगायतले सञ्चालन गरेको रासायनिक मलको बिक्री केन्द्रको अनुगमन गरे पनि मलका गोदाम भने रित्तै रहेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रजिअ शर्माले जानकारी दिए।

गोदाम रित्तै भए पनि टोलीले अनुगमनका क्रममा कृषकलाई सहज र उपयुक्त मूल्यमा मल बिक्री वितरण गरेको हो वा होइन भन्नेबारेमा भने सोधपुछ तथा खरिद एवं बिक्री मूल्यका बिलको अनुगमन गरेको उनले बताए।

अनुगमनका क्रममा मलको खरिद र बिक्री मूल्य, ढक तराजुको अवस्थाका बारेमा जानकारी लिएको बताउँदै उनले मल बिक्री केन्द्रले सुधार्नुपर्ने विभिन्न विषयमा छलफल गरी निर्देशन दिएको जानकारी दिए।

अनुगमनमा पुग्दा जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले रासायनिक मलको निकै अभाव हुँदा किसान मारमा परेको र बिक्री गर्ने सहकारी संस्थाले चुनौती खेप्दै आएको उल्लेख गर्दै किसानले सहज मल पाउने अवस्था बन्नुपर्ने बताए।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?