Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तमको आइपिओ


काठमाडौं। पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बाँडफाँट हुने भएको छ ।

त्यस्तै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आइपिओ बाँडफाँट हुने जनाएको छ भने गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने क्यापिटल डेपुटी सीईओ नलिना श्रेष्ठले जानकारी दिइन् ।

सर्वोत्तमको आईपीओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ भने कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो ।

उक्त कम्पनीको आइपिओ जम्मा ५५ हजार ५२१ जनाले पाउने छन् । बुक बिल्डिङ निर्देशिकाअनुसार न्यूनतम ५० कित्ताका लागि नै आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता नै दिइनुपर्ने व्यवस्था छ भने बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आइपिओ खुलाएको थियो ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?