Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

हनुमन्ते खोलामा भेटियो एक युवकको शव


भक्तपुर। मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठमाडौँ तीनकुने बस्ने २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त खोलाको बिचमा बा ८६ प ९७३० नं को स्कुटर पल्टिएको र थापाको शव उत्तानो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वसन्त पाठकले घटनाको अनुसन्धान भइरहेको र थापाको शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको जानकारी दिएका छन् ।

उनले दुर्घटना हो कि हत्या हो भन्नेबारेमा शव परीक्षणको रिपोर्ट आएपछि मात्रै भन्न सकिने बताएका छन् । प्रारम्भिक अनुसन्धानमा मृतक थापा विवाहको पार्टीमा गएर फर्किएको भन्ने जानकारी प्राप्त भएको र मृतकको टाउको तथा अनुहारमा चोट रहेको उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?