Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भक्तपुरमा स्कुटरसहित युवकको शव फेला


काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित राधेराधेमा युवकको शव भेटिएको छ । हनुमन्ते खोलामा स्कुटरसहित शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताएका छन् ।

त्यस्तै, मृतक इलामको इलाम नगरपालिका–३ घर भएर कोटेश्वर बस्ने २६ वर्षीय छत्र थापा हुन् । सोमबार बिहान शवसँगै बा.८६ प ९७३० नम्बरको स्कुटर फेला परेको छ भने प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको आकलन गरिएको छ ।

उक्त शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?