Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चकलेट दिएर नाबालिगलाई बलात्कार गरेको आरोपमा एक पक्राउ


काठमाडौं। काठमाडौंको गोकर्णेश्वर–९, शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख स्थायी घर भइ गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पीडितले केही दिनदेखि पिसाब फेर्न नभएर रुन थालेपछि आमाले घटनाबारे थाहा पाएकी थिइन् । त्यस्तै, २२ माघमा उपचारका लागि नजिकै रहेको मेडिकलमा लैजाँदा चिकित्सकहरुले समेत शंकास्पद रहेको बताएको जाहेरीमा उल्लेख छ । त्यसपछि छोरीलाई फकाएर सोधपुछ गर्दा छोरीले १२ पुसमा फूपूको साथी पर्ने आर्यनले आएर जबरजस्ती करणी गरेको बताएको उनले जाहेरीमा भनेकी छन् ।

आरोपीले आर्यनले भने प्रहरीसँग इन्कारी बयान दिएका छन् । पीडितको स्वास्थ्य जाँच परीक्षणमा भने संवेदनशील अंगमा घाउ देखिएको छ । प्रहरीले सो विषयमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सो प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?