Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

श्रीलङ्काले विद्यार्थीका लागि बिनाब्याज ऋण दिने


४ चैत्र, एजेन्सी। श्रीलङ्काले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ ।

श्रीलङ्काको अर्थ मन्त्रालयले शुक्रबार आर्थिक अवस्था कमजोर रहेका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति ११ लाख भारतीय रूपैँया (करिब तीन हजार २०० अमेरिकी डलर) ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैंकबाट २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेकोले यो योजना ल्याइएको बताउनुभयो ।

विद्यार्थीले कर्जाका लागि बैंक अफ सिलोन, पिपुल्स बैंक र नेसनल सेभिङ्स बैंकमा आवेदन दिन सक्नेछन् । उक्त कर्जा विद्यार्थीले रोजगारी पाएपछि भने विभिन्न किस्तामा तिर्ने व्यवस्था मिलाइएको उनले बताए ।

श्रीलङ्कामा प्रत्येक वर्ष लगभग दुई लाख ७० हजार विद्यार्थीहरू विश्वविद्यालय प्रवेश परीक्षाको लागि परीक्षा दिन्छन् भने करिब ४० हजार विद्यार्थीहरूले राज्यद्वारा संचालित विश्वविद्यालयहरूमा भर्ना हुन पाउँछन् ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?