Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अम्बानीको विवाहमा प्रस्तुति दिन रिहानाले लिइन् ५४ करोड भारु पारिश्रमिक


मुम्बई। पप संगीतको दुनियाँको सबैभन्दा ठुलो हस्तीमध्ये एक रिहानाको असली नाम रोबिन रिहान फेन्टी हो । २० फेब्रुअरी १९८८ मा जन्मिएकी रिहाना बारबाडोसकी हुन् ।

१५ वर्षको उमेरमा सांगीतिक यात्रा सुरु गरेकी रिहाना ३३ वर्षको उमेरमै अर्बपति बनेकी थिइन् भने सन् २००७ मा रिलिज भएको एल्बम गुड गर्ल गन ब्याडबाट उनले विश्वभर पहिचान बनाइन् ।

रिहानाले अहिलेसम्म २० करोडभन्दा बढी म्युजिक रेकर्ड बिक्री गरिसकेकी छन् । उनको नाममा कयौँ अवार्डहरू रहेका छन् जसमा ९ वटा ग्रामी पनि समावेश छ भने हालै रिहानाले भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको गुजरातमा आयोजित प्रि–वेडिङ समारोहमा प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै, रिहानाले आफ्ना चर्चित गीतहरू– वाइल्ड थिंग्स, पोर इट अप, डायमन्ड्सजस्ता गीतहरू प्रस्तुत गरेकी थिइन् भने भारतीय सञ्चारमाध्यमका अनुसार उनले कार्यक्रममा प्रस्तुति दिनका लागि करिब ५४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

उनले सो कार्यक्रममा दौरान बलिउडका गीतमा पनि अन्य सेलिब्रेटीहरुसँग नाचेकी थिइन् । विवाह समारोहमा विश्वभरका हस्तीदेखि बलिउडका कलाकारहरू सहभागी भएका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?