Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अम्बानीको विवाहमा प्रस्तुति दिन रिहानाले लिइन् ५४ करोड भारु पारिश्रमिक


मुम्बई। पप संगीतको दुनियाँको सबैभन्दा ठुलो हस्तीमध्ये एक रिहानाको असली नाम रोबिन रिहान फेन्टी हो । २० फेब्रुअरी १९८८ मा जन्मिएकी रिहाना बारबाडोसकी हुन् ।

१५ वर्षको उमेरमा सांगीतिक यात्रा सुरु गरेकी रिहाना ३३ वर्षको उमेरमै अर्बपति बनेकी थिइन् भने सन् २००७ मा रिलिज भएको एल्बम गुड गर्ल गन ब्याडबाट उनले विश्वभर पहिचान बनाइन् ।

रिहानाले अहिलेसम्म २० करोडभन्दा बढी म्युजिक रेकर्ड बिक्री गरिसकेकी छन् । उनको नाममा कयौँ अवार्डहरू रहेका छन् जसमा ९ वटा ग्रामी पनि समावेश छ भने हालै रिहानाले भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको गुजरातमा आयोजित प्रि–वेडिङ समारोहमा प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै, रिहानाले आफ्ना चर्चित गीतहरू– वाइल्ड थिंग्स, पोर इट अप, डायमन्ड्सजस्ता गीतहरू प्रस्तुत गरेकी थिइन् भने भारतीय सञ्चारमाध्यमका अनुसार उनले कार्यक्रममा प्रस्तुति दिनका लागि करिब ५४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

उनले सो कार्यक्रममा दौरान बलिउडका गीतमा पनि अन्य सेलिब्रेटीहरुसँग नाचेकी थिइन् । विवाह समारोहमा विश्वभरका हस्तीदेखि बलिउडका कलाकारहरू सहभागी भएका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?