Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्रीलाई एमालेको ध्यानाकर्षण


काठमाडौं। नेकपा एमालेकी सांसद सुनिता बरालले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सम्बन्धित विषयहरूमा परराष्ट्रमन्त्री एनपी साउद समितिसँग बेखबर हुने गरेको भन्दै आलोचना गरेकी छन् । उनले धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरू भएका सञ्चारमाध्यमबाट सुन्ने, तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिन मन्त्री साउदलाई सचेत गराइन् । उनले सूचनाको ग्यापले समिति र सरकारकै जबाफदेहिता कमजोर हुने बताएकी छन्।

उनले भनिन्, ‘धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरू भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्दछु । सचिव समेत आउनुभएको छ । मन्त्रीज्युलाई कम्तीमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ । त्यो कुरा मनन गर्नुभए हुन्थ्यो । सूचनाको ग्यापले यो सदस्यको रूपमा जबाफदेहिता कमजोर हुँदा मेरो नभई समिति र समितिको मात्र नभई मन्त्रीज्युकै प्रभावकारी हुन कठिन छ ।’

सांसद बरालले राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बताएकी छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?