Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


काठमाडौं। यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ बराबरको कारोबार भएको छ ।

त्यस्तै, होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ भने सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव ५२ र अन्य समूह एक दशमलव शून्य २ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरुमा सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ७० र एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४९ प्रतिशतले घटेको छ ।

उक्त कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १३ करोड २० लाख ४९ हजार पाँच सय ४० बराबरको दुई लाख ९२ हजार तीन सय २६ कित्ता शेयर कारोबार भएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?