Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रथम ओलम्पियन मेनुकालाई उत्कृष्ट नारी सम्मान


झापा। नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ । ‘वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब’ले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर ५२ वर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने निर्णय गरेको हो ।

मेचीनगर नगरपालिका–७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर भाग लिएकी थिइन् ।

नेपालको इतिहासमै एथ्लेटिक्स महिला धावकका रुपमा यहाँबाट ओलम्पिक खेलकुदमा सहभागिता जनाउने राउत र काभ्रेपञ्चोक निवासी राजकुमारी पाण्डेको नाम सुनौलो अक्षरले लेखिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् ।

आज आयोजित पत्रकार सम्मेलन अध्यक्ष सिटौलाले नेपाली महिला विश्वस्तरीय प्रतियोगितामा आफूलाई सक्षम सावित गर्न सक्छन् भन्ने उदाहरण मेनुकाले प्रस्तुत गरिसकेकाले उनलाई उत्कृष्ट नारी सम्मान गर्न लागिएको गरी जानकारी दिए ।

पूर्व अध्यक्ष क्लबले उत्कृष्ट नारी छनोटका लागि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा सदस्यद्वय पत्रकार अम्बिका भण्डारी र वीरता जेसीजका पूर्वअध्यक्ष युवराज दाहाललाई चयन गरेको थियो । छनोट समितिकी सदस्य भण्डारीले पत्रकार सम्मेलनमा उत्कृष्ट नारी सम्मानका लागि मेनुका राउतलाई छनोट गरिएको आज घोषणा गरिन् ।

उक्त क्लबले यसअघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरिराजकुमार प्रसाईं, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?