Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

प्रथम ओलम्पियन मेनुकालाई उत्कृष्ट नारी सम्मान


झापा। नेपालबाट पहिलोपटक ओलम्पिक खेलकुदमा एथ्लेटिक्सबाट भाग लिने धावक मेनुका राउतलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिने भएको छ । ‘वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लब’ले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर ५२ वर्षीया राउतलाई उत्कृष्ट नारी सम्मान गर्ने निर्णय गरेको हो ।

मेचीनगर नगरपालिका–७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर भाग लिएकी थिइन् ।

नेपालको इतिहासमै एथ्लेटिक्स महिला धावकका रुपमा यहाँबाट ओलम्पिक खेलकुदमा सहभागिता जनाउने राउत र काभ्रेपञ्चोक निवासी राजकुमारी पाण्डेको नाम सुनौलो अक्षरले लेखिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् ।

आज आयोजित पत्रकार सम्मेलन अध्यक्ष सिटौलाले नेपाली महिला विश्वस्तरीय प्रतियोगितामा आफूलाई सक्षम सावित गर्न सक्छन् भन्ने उदाहरण मेनुकाले प्रस्तुत गरिसकेकाले उनलाई उत्कृष्ट नारी सम्मान गर्न लागिएको गरी जानकारी दिए ।

पूर्व अध्यक्ष क्लबले उत्कृष्ट नारी छनोटका लागि नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको संयोजकत्वमा सदस्यद्वय पत्रकार अम्बिका भण्डारी र वीरता जेसीजका पूर्वअध्यक्ष युवराज दाहाललाई चयन गरेको थियो । छनोट समितिकी सदस्य भण्डारीले पत्रकार सम्मेलनमा उत्कृष्ट नारी सम्मानका लागि मेनुका राउतलाई छनोट गरिएको आज घोषणा गरिन् ।

उक्त क्लबले यसअघि उत्कृष्ट नारी सम्मानबाट समाजसेवी गिरिराजकुमार प्रसाईं, शिक्षासेवी प्रभा घिमिरे र लिम्बू समुदायकी पहिलो महिला पाइलट जिना लिङ्देनलाई सम्मान गरिसकेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?