Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित


काठमाडौँ । २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो । यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ ।

भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चा भत्कियो । यसले मूर्ति ढालेको थियो । मूर्ति पुनरुस्थापित भयो । अब फल्चा पुनःनिर्माण गराउँछौँ । वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनःस्थापना हाम्रो प्राथमिक काम हो ।’ मूर्ति राखेपछि पोखरीमा गहना थपिएको जस्तै भएको छ । वडा सदस्य शुभरत्न खड्गी भन्नुहुन्छ, ‘काम ठूलो त होइन तर महत्व ठूलो छ ।’


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?