Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

होस्टेलमा मृत शालिनको सुसाइड नोट फेला ,के छ सुसाइड नोटमा?


काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीया शालिन पोखरेल १२ गतेब शनिवार होस्टेलको कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन।

घटना अनुसन्धानका लागि प्रहरीले एकता शिशु निकेतन विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा चितवन प्रहरीले शालिनको शवसँगै सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा लेखिएको छ, ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ । मम्मीबाबालाई सम्झिएको छ भनिदिनु ….’

प्रहरीले सुसाइड नोटसँग उनले यसअघि लेखेका नोट कपीहरुका अक्षर दाँज्दा अक्षर मिलेको पनि बताएको छ । यद्यपि परीक्षणको लागि पनि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए । पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । अनुसन्धान अधिकृतहरु अहिले उनको शवको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् ।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?