Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

होस्टेलमा मृत शालिनको सुसाइड नोट फेला ,के छ सुसाइड नोटमा?


काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीया शालिन पोखरेल १२ गतेब शनिवार होस्टेलको कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी हुन।

घटना अनुसन्धानका लागि प्रहरीले एकता शिशु निकेतन विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा चितवन प्रहरीले शालिनको शवसँगै सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा लेखिएको छ, ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ । मम्मीबाबालाई सम्झिएको छ भनिदिनु ….’

प्रहरीले सुसाइड नोटसँग उनले यसअघि लेखेका नोट कपीहरुका अक्षर दाँज्दा अक्षर मिलेको पनि बताएको छ । यद्यपि परीक्षणको लागि पनि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए । पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । अनुसन्धान अधिकृतहरु अहिले उनको शवको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् ।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?