Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पर्यटनको विकासका लागि नागरिकको जीवनस्तर उकास्न आवश्यक छ :  रेग्मी


भरतपुर। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताएका छन्। ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नागरिकको आयस्तर सुधार भयो भने मात्रै पर्यटनको विकास गर्न सकिने बताए ।

“मानिसको जीवनस्तर नउठे पर्यटनमा लगानी गर्न सक्दैनन् । अर्को पाटो आर्थिक विकास र समृद्धि हो”, रेग्मीले भने, “पर्यटनको विकासका लागि आर्थिक विकास महत्वपूर्ण छ ।” उनले अहिले नेपालको पर्यटन क्षेत्र फराकिलो बन्दै गएकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।

“पहिले मनोरञ्जन र रमाइलोका लागि पर्यटक आउने गर्दथे । अहिले अध्ययन र आध्यात्मिकका लागि विदेशी पर्यटक यहाँ आइरहेका छन्”, रेग्मीले भने । उनले विदेशी पर्यटकलाई यहाँ बसाई लम्ब्याउनका लागि सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका छन् ।

त्यस्तै, भरतपुर भ्रमण वर्षले नेपालको पर्यटन विकासका लागि राम्रो सन्देश दिएको रेग्मीको भनाइ रहेको छ । उनले भरतपुर प्राकृतिकसँगै धार्मिक दृष्टिले पनि महत्वपूर्ण रहेको बताए । ऐतिहासिक तथ्य हेर्दा पनि चितवन र पोखरा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन् भन्दै भरतपुर सधैँ अग्रपङ्तिमा रहने उनले बताएका छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?