Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

काठमाडौंमा महानगरको आतंक मच्चियोः प्रभु साह


काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पछिल्लो समय काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहले भने, ‘काठमाडौंमा महानगरको आतंक चलेको छ भने सडकमै स्वरोजगार मजदुरहरू कुटिन्छन् । कवाड व्यवसायीहरूमाथि डोजर चलाइएको छ । सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ ।’ उनले महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस् भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाड व्यवसायीहरू महानगरबाट आतंकित छन् । उनीहरू असुरक्षित छन् । उनीहरू त्रसित छन्’, उनले भने, ‘हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होइन ?’

उनले कवाड व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्नका लागि गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । कसैलाई पनि गैर कानुनी ढङ्गले आफ्नो पेशा तथा व्यवसायबाट वञ्चित गर्न नमिल्ने भन्दै उनले महानगरपालिकाले कवाड व्यवसायीहरूलाई मनोमानी ढङ्गले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको बताएका छन् ।

 


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?