Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

काठमाडौंमा महानगरको आतंक मच्चियोः प्रभु साह


काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले पछिल्लो समय काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहले भने, ‘काठमाडौंमा महानगरको आतंक चलेको छ भने सडकमै स्वरोजगार मजदुरहरू कुटिन्छन् । कवाड व्यवसायीहरूमाथि डोजर चलाइएको छ । सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ ।’ उनले महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस् भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाड व्यवसायीहरू महानगरबाट आतंकित छन् । उनीहरू असुरक्षित छन् । उनीहरू त्रसित छन्’, उनले भने, ‘हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होइन ?’

उनले कवाड व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्नका लागि गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । कसैलाई पनि गैर कानुनी ढङ्गले आफ्नो पेशा तथा व्यवसायबाट वञ्चित गर्न नमिल्ने भन्दै उनले महानगरपालिकाले कवाड व्यवसायीहरूलाई मनोमानी ढङ्गले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको बताएका छन् ।

 


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?