Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

राष्ट्रियसभामा सांसदको अनुभवः देश तथा जनताको पक्षमा काम गर्न सकियो भन्ने लाग्छ


काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सभाको गरिमा बढाउनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

सांसद अनिता देवकोटाले राष्ट्रियसभा विज्ञ र स्थायी सभा भएकाले देश तथा जनताको पक्षमा काम गर्न सकेको धारणा राखिन् । उनले कुन सांसदले कति वटा पुल बनाए ? कति किलोमिटर सडक निर्माण गरे ? भन्ने आधारमा मूल्याङ्कन गर्न नहुने बताएकी छन् । “के कस्ता राम्रा कानुन निर्माण गरे र त्यसमा के कस्तो भूमिका निर्वाह गरे भन्ने आधारमा मूल्याङ्कन गरिनु राम्रो हुन्छ”, उनले भनिन् ।

सांसद भैरवसुन्दर श्रेष्ठले संविधानले प्रदत्त गरेका मौलिक हक कार्यान्वयनमा जान नसकेको तथा आवश्यक कानुन निर्माण हुन नसकेकामा गुनासो गरेका छन् । उनले कर्णाली प्रदेशको विकास र समृद्धिको अभियानलाई थप व्यवस्थित बनाउन र यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् ।

सांसद जीतेन्द्रनारायण देवले संविधान निर्माणका क्रममा राष्ट्रियसभाका सन्दर्भमा उठेको विषयलाई स्मरण गराउँदै पार्टीका शीर्ष नेताहरुको धारणा स्पष्ट हुन नसकेको गुनासो गरे । उनले राष्ट्रियसभाको काम कारबाहीबारे सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रतिनिधिसभाको बैठक चलेका दिन आफूहरुको काम कारबाहीको समाचार कम आउने गरेको बताएका छन् ।

सांसद रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाले सहजरुपमा कानुन निर्माण गरेको, समितिले पनि प्रभावकारी काम गरेको जानकारी दिँदै आफूले सदनमा जनताको पक्षमा नै उभिने प्रयास गरेको बताउदै संविधान र सङ्घीय शासन प्रणालीलाई कार्यान्वयन गराउनका लागि आफूले सकेसम्म भूमिका निर्वाह गरेको उनको भनाइ रहेको छ ।

सांसद रामचन्द्र राईले जनसरोकारका विषयमा आफूले इमान्दार भएर आफ्ना कुरा राखे पनि सरकारको तर्फबाट सम्बोधन हुन नसकेको बताएका छन् । सांसद बिना पोख्रेलले आफ्नो कार्यकालमा देश र जनताको पक्षमा सकेसम्म भूमिका निर्वाह गर्ने प्रयास गरेको बताइन् ।

सांसद डा. विमला राई पौडेलले राष्ट्रियसभालाई सिकाइको एउटा विश्वविद्यालयको संज्ञा दिँदै आफूले धेरै कुरा सिक्न पाएको बताएकी छन् ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?