Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

संसद् र संसदीय समिति पेपरलेस बनाउन माग


काठमाडौं। राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संसद् र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताएका छन्। बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताएका हुन्।

उनले सांसदहरूको भूमिका संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने बताएका छन्। कागजका पाना बोकेर हामी हिँड्नु उचित नहुने उनको भनाइ छ । उनले संसद् र समितिले सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताएका छन्।

उनले भने, ‘सांसदहरूको भूमिका संसद्प्रति जिम्मेवार र जबाफदेही बनाउनुपर्छ। संसदीय निगरानीका दृष्टिले प्रत्यक्ष स्थानीय तहमा दर्जनौँ पटक पुगेका छौँ। सभा समितिहरू अब अलिकति स्मार्ट हुन आवश्यक छ। पेपरलेस हुन जरुरी छ। कागजका पाना बोकेर हामी हिँड्नु हुँदैन अब। सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक छ।

सचिवालयलाई पेपरलेस नै बनाउनतिर जानुपर्छ भन्ने सुझाव दिन्छु। दुई कोठा कागजपत्र भइसक्यो कहाँ लैजाने भन्ने चिन्ता छ। पेपरलेसमा हामी अब जानुपर्छ।’


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?