Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

संसद् र संसदीय समिति पेपरलेस बनाउन माग


काठमाडौं। राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संसद् र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताएका छन्। बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताएका हुन्।

उनले सांसदहरूको भूमिका संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने बताएका छन्। कागजका पाना बोकेर हामी हिँड्नु उचित नहुने उनको भनाइ छ । उनले संसद् र समितिले सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताएका छन्।

उनले भने, ‘सांसदहरूको भूमिका संसद्प्रति जिम्मेवार र जबाफदेही बनाउनुपर्छ। संसदीय निगरानीका दृष्टिले प्रत्यक्ष स्थानीय तहमा दर्जनौँ पटक पुगेका छौँ। सभा समितिहरू अब अलिकति स्मार्ट हुन आवश्यक छ। पेपरलेस हुन जरुरी छ। कागजका पाना बोकेर हामी हिँड्नु हुँदैन अब। सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक छ।

सचिवालयलाई पेपरलेस नै बनाउनतिर जानुपर्छ भन्ने सुझाव दिन्छु। दुई कोठा कागजपत्र भइसक्यो कहाँ लैजाने भन्ने चिन्ता छ। पेपरलेसमा हामी अब जानुपर्छ।’


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?