Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य


काठमाडौं। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुस्थित त्रिवि मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा २४७ रन जोड्यो।

त्यस्तै, नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले शतक प्रहार गरे। उनले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतमा १३५ रन जोडे । उनले दोस्रो विकेटका लागि साइब्रान्डसँग १९३ रनको साझेदारी गरे। साइब्रान्डले अन्तिम चार बल बाँकी छदा आउट हुनुअघि ४० बलमा ७५ रन जोड्ने क्रममा ७ चौका र ५ छक्का प्रहार गरे। तीन बल खेलेपछि रनआउट हुन पुगेका तेजा निडामनुरुले तीनै बलमा छक्का प्रहार गर्दै १८ रन बनाए।

त्यसअघि म्याक्स ओुडाउड ५ रनमा आउट भए भने कप्तान स्कट इडवार्डले ४ रन मात्र जोड्न सके। सो सिरिजमा दुवै टिमले एक एक जित निकालेका छन्। दुवैले घरेलु टिम नेपाललाई पराजित गरेका थिए । उक्त सिरिजमा नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्दै छ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?