Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

२७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन


काठमाडौं। बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गरेको सर्वोत्तम सिमेन्टको आईपीओ १९ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सो आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २ सय ८३ रुपैयाँ बराबरको आवेदन परेको हो ।

त्यसैगरी, ५ करोड ३७ लाख ७७ हजार ८ सय ७० कित्ताका लागि आवेदन परेको छ, तर सर्वोत्तमले भने २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन खुलाएको थियो । १० लाख १५ हजार २११ जनाले सर्वोत्तमको आईपीओमा आवेदन दिएका हुन् ।

त्यस्तै, सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०।९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो । उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको हो ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । फागुन १६ गतेसम्म आवेदन दिने समय राखिएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?