Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

२७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन


काठमाडौं। बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गरेको सर्वोत्तम सिमेन्टको आईपीओ १९ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सो आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २ सय ८३ रुपैयाँ बराबरको आवेदन परेको हो ।

त्यसैगरी, ५ करोड ३७ लाख ७७ हजार ८ सय ७० कित्ताका लागि आवेदन परेको छ, तर सर्वोत्तमले भने २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन खुलाएको थियो । १० लाख १५ हजार २११ जनाले सर्वोत्तमको आईपीओमा आवेदन दिएका हुन् ।

त्यस्तै, सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०।९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो । उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको हो ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । फागुन १६ गतेसम्म आवेदन दिने समय राखिएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?